नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारी एकीकृत समाजवादीमा

सप्तरी । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सोमबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।

७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष न्यौपाने, सचिव शम्भु यादव, सहसचिव प्रतापनारायण चौधरीसहितका पदाधिकारीले नयाँ पार्टी रोजेका हुन् ।

११,आश्विन.२०७८,सोमबार १४:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्