काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

स्काउटले राजनीति भन्दा माथि उठेर सेवा देओस् : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

5.77K
shares
khanepani bord

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउट राजनीतिभन्दा माथि उठ्नपर्ने तर्क गरेकी छन् । वागमती प्रदेश स्काउट तदर्थ समितिको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अष्टलक्ष्मी शाक्यले स्काउटले राजनीतिभन्दा माथि उठेर सेवाको क्षेत्रमा काम गर्नुपर्ने बताएकी हुन् ।

‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, समारोहमा शाक्यले भनिन्, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’

स्काउटले समाजमा भएका हिंसा तथा असमानता कम गर्न भूमिका निर्बाह गर्नुपर्ने उनको भनाइ थियो ।

समारोहमा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले पनि स्काउटको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगमा काम गर्नुपर्ने बताए ।

समारोहमा स्काउटको प्रदेश संरक्षक, स्थानीय संरक्षकलगायत दीक्षित भएको मुख्यमन्त्री शाक्यकी स्वकीय सचिव सीता थापाले जानकारी दिइन् ।

IME
khanepani