काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

4.67K
shares
khanepani bord

काठमाडौं। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए।

उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने, बुधबार उपास अर्थात व्रत बस्‍ने र बिहीबार पारन (बिसर्जन) गर्ने गर्छन् । थारु महिलाहरु यतिबेला माइतमा आएका छन् । माइत जान नसकेका महिलाहरु ससुरालीमै भए पनि व्रत प्रारम्भ गरेका छन्।

वर्तको पहिलो दिन मंगलबार वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्।

साथै जलासय वा कुवाबाट फर्केर घर आउँदा आफ्नो कूल देवताको ठाउँलाई लिपपोत गरेर पूजाआजा गरेका छन्।

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी थारु महिलाले यसपटक भने तिथि अनुसार ३८ घण्टा उपास बस्‍नु पर्ने देखिएको छ।

थारु सस्कृति विद् भुलाइ चौधरीका अनुसार यसपटक अष्ठमी तिथि दिउँसै सुरु भएकाले व्रत चाडै बस्‍नु पर्ने र उपास/उपवासको समय लम्बिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘ यस पटक जितियाको तिथि/मिति दिउँसैबाट प्रारम्भ भएकाले व्रतालुहरुलाइ व्रतको समय बढी बस्‍नु पर्ने देखिन्छ। किनकी व्रत रातिको समयमा बिसर्जन देखिएको छ। तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी व्रत कसरी तोड्ने प्रश्‍न आउँछ। जितिया सूर्यको छोरा जितमहान भगवानको पूजाअर्चना गर्ने चलन छ।’

उक्त दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितबहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितिया तराइका पश्‍चिम नवलपरासीदेखि पूर्व झापासम्‍मका थारु महिलाका साथै गैरथारु महिलाहरु (मधेशी, दलितलगायत अन्‍य) पर्वको अवसरमा ठाउँ ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् ।

काठमाडौंमा भने थारु महिलाहरुले दुई ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन्। थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित मोटेश्वर सामुदायिक भवनमा जितिया कार्यक्रमको आयोजना गरेका छन् भने थारू महिला सभा काठमाडौँ उपत्यका समितिले कोरोनाको कारण देखाउँदै भर्चुअल माध्‍यमबाट जितियाको आयोजना गर्न लागेका हुन।

पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाइ उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ।

IME
khanepani