सर्लाहीमा ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु

Ashish Gautam
ashish@nepalijanta.com

जनकपुरधाम । सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय रुपेश बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बीआर०७भी ५३१६ नम्बरको मोटरसाइकलमा सबार रहेका बैठालाई ट्याक्टरले ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिएको तथा फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस  सडक विस्तार योजनामाथि अर्थको असन्तुष्टि
१२,आश्विन.२०७८,मंगलवार १८:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: