काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

पिएसजीका लागि मेसीको पहिलो गोल, म्यानचेस्टर सिटी पराजित

4.41K
shares
khanepani bord

युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘ए’ को खेलमा पिएसजीले सिटीलाई २-० गोलले पराजित गरेको हो।

पिएसजीको जितमा इड्रिसा गे र लिओनल मेसीले गोल गरे। इड्रिसाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए।

७४ मिनेटमा मेसीले पिएसजीको अग्रता दिलाए। केलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका थिए।

यसअघिका तीन खेलमा गोल गर्न नसकेका मेसीले पिएसजीका लागि पहिलो गोल गरेका हुन्। यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले सुरुवाती खेलमा गोल तथा एसिस्ट गर्न असफल भएका थिए।

खेलमा सिटीका रहित स्टर्लिङको हेडर बारमा लागेको थियो। यस्तै बेर्नान्डो सिल्भाले रिबाउन्डमा हानेको प्रहारमा पनि पोस्ट बाधक बन्यो।

जितसँगै समूहमा पिएसजीको दुई खेलबाट चार अंक भएको छ। दोस्रो स्थानको क्लब ब्रुगको पनि चार अंक छ। सिटी तीन अंक जोड्दै तेस्रो स्थानमा छ।

IME
khanepani