काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक-पटक पेसी चढ्दै आएको छ ।
आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
प्रतिक्रिया दिनुहोस्