सिन्धुपाल्चोकमा वडाबाट जितेका क्षेत्रीय प्रतिनिधिको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा गायब

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा वडाबाट जितेका क्षेत्रीय प्रतिनिधिको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा गायब भएको छ । चौतारा–साँगाचोकगढी नगरपालिका वडा नम्बर १० बाट क्षेत्रीय प्रतिनिधि चुनिएर प्रमाणपत्र समेत लिएका हरिबहादुर कार्कीको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा बेपत्ता भएको हो ।
असाेज पाँच गते भएको वडा अधिवेशबाट क्षेत्रीय प्रतिनिधि चयन भएका कार्कीसहित १६ जनालाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिएका थिए । तर, जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा कार्कीको नाम नभएको पाइएको छ । अधिवेशनबाट वडा सभापतिमा मन्धु थापासहित १६ जना क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।
‘म वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएको सप्रमाण छ’ थापाले भने, ‘बीचमा कसले किन मेरो नाम हटायो ? बुझ्न सकेको छैन ।’ तर कोही व्यक्ति वा समूहले व्यक्तिगत प्रतिशोध साँधेको उनको बुझाइ छ । भन्छन्– केही यस क्षेत्रका नेता भनाउँदाले मेरो नाम काट्न लगाएको हुनुपर्छ ।

शेरबहादुर देउवापक्षीय जिल्लाका नेता हरिशरण श्रेष्ठले नाम काट्न लगाएको उनको अनुमान छ । पूर्वसभापति एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, हरिशरण श्रेष्ठलगायत नेता देउवा खेमाका हुन् । कार्की देउवाइतर समूहलाई समर्थन गर्छन् ।

१३,आश्विन.२०७८,बुधबार १५:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्