काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री शर्माकाे छलफल

काठमाडौं । विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् ।

बुधवार मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बाेलाएर काेराेना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्राेत साधन र उपायका विषयमा छलफल गरेका हुन् । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । समयमा भुक्तानी नदिँदा बीमितहरुले आक्रोश पोख्दै आएका छन् ।

१३,आश्विन.२०७८,बुधबार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्