पोखरामा कछुवाको खपटासहित तीन भारतीय पक्राउ

पोखरा । पोखरामा कछुवाको खपटासहित तीन भारतीय पक्राउ परेका छन् । पोखरा –३२ मझुवाबाट १ थान कछुवाको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई स्याङ्जा गल्याङ बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् ।

रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो पनि पढ्नुहोस  कलंकीमा युवकको हत्या आरोपमा एकजना पक्राउ
१३,आश्विन.२०७८,बुधबार १८:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: