काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

गुल्मीमा चट्याङ लागेर नौजना घाइते

4.55K
shares
khanepani bord

रूपन्देही । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीमा चट्याङ लागेर नौजना घाइते भएका छन् । बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

तीनजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । चट्याङ लागेर तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।

IME
khanepani