लुम्बिनीको विकास नरोक्न प्रधानमन्त्रीलाई विष्णु पौडेलसहित रुपन्देहीका एमाले नेताले गरे आग्रह

नेपाली जनता

रूपन्देही । बुटवलस्थित ज्योतिनगर पहिरो नियन्त्रणलगायत रूपन्देहीका विकासे योजनाबारे सरकारको ध्यानाकर्षण गराउन पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीसहितको टोलीलाई लिएर सर्वदलीय बैठक चलिरहेकै बेला पौडेल बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् ।

नेता पौडलले जिल्लाको विकासका काम रोकिएकोमा आपत्ति जनाउन जिल्लाका स्थानीय सरकार प्रमुखसहित प्रधानमन्त्री भेट्न पुगेको उनको सचिवालयले जनाएको छ ।

बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न एमाले टोलीले प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेल बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरूसहित बालुवाटार पुगेका हुन् ।

यो पनि पढ्नुहोस  देशभरका आयाेजनाकाे प्रगति सिंहदरबारबाटै 'लाइभ'
१४,आश्विन.२०७८,बिहीबार १२:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: