काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

किसान मोर्चाको आग्रह, युरिया मल अभावलगायतका समस्या छिटो समाधान होस्, नत्र आन्दोलन गर्छौ

4.12K
shares
khanepani bord

कलैया। किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै मोर्चाले समस्या समाधान गर्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाइएको हो । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार किसानहरुले बारामा प्रदर्शन गरेका थिए ।

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतका कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको किसानहरुको आरोप छ ।

धान बाली लगाउने बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । बाराका बजारहरुमा युरिया मलको अभाव भएपछि भारतीय बजारहरुबाट खेतीका लागि मलखाद ल्याउँदा सिमानामा सुरक्षाकर्मीले खोसेपछि आक्रोशित भएका थिए ।

किसानलाई पेन्सनको व्यवस्था, अन्नदातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध , मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भूमिहीनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माग गर्दै आइटी आर्मी किसान मोर्चाले ज्ञापन पत्र बुझाइएको मोर्चाका नेता उमेश कुशवाहाले बताए । छिटो भन्दा छिटो माग पुरा भएन किसानहरु सशक्त आन्दोलनमा उत्रने समेत कुशवाहाले बताए ।

khanepani