देशभर थप १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

१४,आश्विन.२०७८,बिहीबार १७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्