काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

पोखरामा भिरबाट लडेर एक पुरुषको मृत्यु

5.55K
shares
khanepani bord

पोखरा । पोखरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। पोखरा –२५ हेम्जास्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने ४८ वर्षीय ओङ्छु शेर्पाको गुम्बा नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेर्पाको अन्दाजी ३ सय मिटर अग्लो भिरबाट खसेका घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

khanepani