नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई गरिए चयन

नेपाली जनता
nepalijanta73@gmail.com

जनकपुरधाम। नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई चयन गरिएको छ । मण्डल यसअघि पनि दलको नेता थिए ।

पार्टी विभाजनपछि बसेको पहिलो संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले सांसद किशोरी साह ‘कमल’ लाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रमुख सचेतक साहका अनुसार हालै बसेको बैठकले यो निर्णय गरेको छ ।

प्रदेश सभा गठन भएको समयमा मण्डल नै एमालेको संसदीय दलको नेता थिए । एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि मण्डल नै एकीकृत पार्टीको संसदीय दलको नेता थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि मण्डललाई हटाएर शत्रुद्यन महतोलाई नेता बनाइएको थियो । महतो अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका छन् ।

प्रदेश २ मा एमालेका कुल २१ सांसदमध्ये १३ जना नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । अब एमालेसँग ८ सांसद मात्रै बाँकी छन् ।

यो पनि पढ्नुहोस  कोरोना कहरमा प्रकृतिको सन्देश
१५,आश्विन.२०७८,शुक्रबार १२:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: