महंगो खाद्यान्न सामग्री विक्रिवितरण गर्ने भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना
वि.सं.२०७८ असोज १५ शुक्रवार १६:१३
shares

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले तोकिएको मुल्य भन्दा मंहगो मुल्यमा खाद्य सामग्री विक्रि वितरण गर्ने भाटभटेनी सुपर मार्केटलाई ५० हजार जरिवाना तिराएको छ ।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको संयोजकत्वमा जिल्लामा गरिएको अनुगमनमा क्रममा भक्तपुरको राधेराधेमा रहेको भाटभटेनी सुपर मार्केटले तोकिएको मुल्य भन्दा महंगोमा खाद्य सामग्री विक्रि वितरण गरेको पाइएकाले जरिवाना तिराइएको हो ।
अनुगमन टोलीमा महानगरीय प्रहरी परिसर ललितपुर, घरेलु तथा साना उद्योग कार्यालय, नाप तौल कार्यालय, खाद्य कार्यालय, स्थानीय तह, उद्योग वाणिज्य संघ र पत्रकारसमेतको सहभागिता रहेको थियो । अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजारको पनि अनुगमन गरेको छ ।
भाटभटेनी सुपर मार्केटमा खरिद विल नराखेको उपभोक्ता मूल्यमा भार पर्नेगरी विक्रि वितरण गरेको पाइएकोले ५० हजार जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन ।
उनका अनुसार भक्तपुर जिल्ला प्रशासनले आगामी दिनमा पनि प्रशासनले नियमित अनुगमन गर्ने र म्याद सकिएका खाद्य सामग्री, तोकिएको मुल्य भन्दा महंगोमा सामान बेचविखन गर्ने र कालोबजारी गर्नेलाई कडा कारावाही गरिने छ ।
























