एजेन्सी । स्थानीय मिडियाको रिपोर्ट अनुसार एक लिथुआनियाली व्यक्तिको पेटबाट एक किलो नेल, पेंच, नट र चक्कु निकालेको छ।
डाक्टरहरुले भने, रक्सी छोडेपछि उनी एक महिनादेखि धातुका बस्तुहरु निगलिरहेका थिए ।
लिथुआनियाको एलआरटी सार्वजनिक प्रसारकका अनुसार क्लेपेडा विश्वविद्यालय अस्पतालमा एक शल्यक्रियाको क्रममा बरामद गरिएका केही वस्तुहरु १० सेन्टीमिटर (४ इन्च) लामो थियो। सर्जन सरुनास डेलीडेनासले यसलाई “अद्वितीय केसू” बताए।
ती व्यक्तिलाई एम्बुलेन्समा पेटको दुखाई संगै बाल्टिक सागरको तटमा रहेको अस्पतालमा ल्याइएको थियो।
उनी अब एक स्थिर अवस्थामा रहेको रिपोर्ट गरिएको छ, र KUH मा निगरानी गरीरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्