काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।
मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।
२१ हिमाली जिल्लामा असोज १८ गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णयअनुसार अहिले अधिवेशन भइरहेको छ । रसुवा र डोल्पामा भने वडा अधिवेशन नै नभएका कारण तोकिएको समयमा अधिवेशन नहुने पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्