नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ

काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो । गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो ।

यस्तै, सोमबार प्रतितोला ३०० ले बढेको सुनको मूल्य मंगलबार फेरी ३०० ले घटेको थियो । यसैगरी, बुधबार तोलामा ९०० ले बढेको सुने त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ ।

यो पनि पढ्नुहोस  अमेरिका सपना: ७५ लाख डुबाएर १७ महिना जेल
१६,आश्विन.२०७८,शनिबार १३:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: