त्रिशुली नदीमा एक युवकको शव भेटियो

Ashish Gautam
ashish@nepalijanta.com

चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।

प्रहरीले सो क्षेत्र नजिक कोही मानिस हराइरहेको भए शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस  अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला
१६,आश्विन.२०७८,शनिबार १५:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: