बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशीको मृत्यु भएको हो ।

शनिबार बिहान काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनिट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस  निधिले देउवालाई भने- फिर्ता लिनुस् गोविन्दराज जोशीलगायतलाई गरेको कारबाही
१६,आश्विन.२०७८,शनिबार १७:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: