काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नेकपा एमाले पार्टीको नयाँ लोगो र एप सार्वजनिक

4.59K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् ।

एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

उनका अनुसार पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।

khanepani