काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम : ३०० मत गन्दा नीलकाजी २१४, प्रगतिमानको ७७

5.2K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ ।

साँझ ६ बजेसम्म ३०० मत गणना हुँदा महानगर सभापतिका उम्मेदवार नीलकाजी शाक्यले २१४ मत पाएका छन् भने अर्का प्रत्यासी प्रगतिमान रञ्जितले ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी छ ।

शनिबार उद्घाटन गरिएको काठमाडौं महानगरको अधिवेशनमा आइतबार मतदान भएको हो ।
बिहान ९ बजेदेखि दुई बजेसम्म मतदानका लागि समय तोकिएको थियो । निर्वाचनमा १३३९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको कांग्रेस सभापतिका लागि प्रगमिान रञ्जित र नीलकाजी शाक्य मैदानमा छन् । रञ्जित र शाक्य दुबैले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

रञ्जित संस्थापन समूहका उम्मेदवार हुन् भने शाक्यलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।

khanepani