भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज हुँदै

काठमाडौं । भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गर्न लागिएको हो ।

नेपालको पेटमा समेत समस्या देखिएको थियो भने रगतमा सोडियमको मात्रा कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अध्यक्ष नेपाल गत बुधवार अस्पताल भर्ना भएका थिए ।

आज अस्पतालबाट घर फर्किने नेपालका स्वकीय सचिव समेत रहेका नेकपा एसका नेता मोहन गौतमले जानकारी दिए ।

१८,आश्विन.२०७८,सोमबार १०:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्