काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशलाई सर्वोच्च बारले भेट्दै

5.11K
shares
khanepani bord

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।

सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।

भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए ।

अहिलेको सरकार गठनमा एक/दुई जना व्यक्ति आफ्नो तर्फबाट नियुक्त हुनुपर्ने भन्दै प्रधानन्यायाधीश जबराले सत्तारुढ घटकसँग लबिइङ गरिरहेका छन् ।

IME
khanepani