काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ज्वरो र खोकीको समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल सोमबार घर फर्किएका उनको निजी सचिवालयले जनाएको छ ।
‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने कुरा सम्बन्धित सबैमा सादन अनुरोध छ’ नेता नेपालको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्