पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी, चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री ओलीकै धारोमा आउँदैन पानी
१८,आश्विन.२०७८,सोमबार १७:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: