त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

नेपाली जनता

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

यो पनि पढ्नुहोस  चार्जमा राखेको मोवाइलमा गेम खेल्दा एकजनाको मृत्यु
१९,आश्विन.२०७८,मंगलवार १०:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: