काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक जना घाइते

3.97K
shares
khanepani bord

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मध्यपुर थिमि नगरपालिका-३ कौशलटारमा सोमबार राति ना३२प ६६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो । उनको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घायते भएका छन् । उनी नेपाल प्रहरीमा कार्यरत छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना राति ११ बजे भएको हो । अनियन्त्रित भई मोटरसाइकल रेलिङमा ठोक्किएको थियो ।

IME
khanepani