रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता खोजी कार्य जारी

नेपाली जनता

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पिपरा रजवाडास्थित बागमती घाटमा आफ्ना छिमेकीको मलामी गएका बैठा नदीमा नुहाउन पसेका थिए । केही दिनदेखि भएको वर्षाका कारण बागमतीमा पानीको बहाव उच्च छ ।

नुहाउन पसेको बेला पानीको भेलमा परेका बैठाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

यो पनि पढ्नुहोस  बाटो खन्ने क्रमममा स्काभेटर पल्टियो
१९,आश्विन.२०७८,मंगलवार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: