देशैभरका अदालतहरू घटस्थापनाको दिन देखि पूर्णिमाकाे दिन सम्म विदा हुने निर्णय, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म विदा हुने निर्णय भएको छ ।

त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ । न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।

सर्वोच्चको पूर्ण बैठकमा विदा र न्यायाधीश तोक्ने बाहेक प्रधानन्यायाधीशमाथि केन्द्रित भएर आएका समाचारका सम्बन्धमा पनि छलफल हुन सक्ने आकलन गरिए पनि त्यस सम्बन्धमा भने कुनै छलफल नभएको सर्वोच्च स्रोतले बतायो ।

१९,आश्विन.२०७८,मंगलवार १७:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्