भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु हुनेको प्रत्येकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय

काठमाडौं । भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु हुनेको प्रत्येकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय सदर गरेको हो ।

भारतमा अहिलेसम्म आधिकारिकरुपमा कोरोना भाइरसको कारण चार लाख ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ । यद्यपि जानकारहरुले भने यो संख्या वास्तविकतामा १० गुणा बढी हुन सक्ने बताएका छन् । सरकारले यो राहतको लागि आवेदन दिएको ३० दिनभित्र रकम उपलब्ध गराउनुपर्ने सर्वोच्च अदालतले बताएको छ । अदालतले अधिकारिक रुपमा कोरोनाबाट मृत्यु भएको नखुले पनि कुनै पनि सरकारले राहत तत्कालै अस्वीकार गर्न भने सक्नेछैनन् । त्यसको निर्णय अर्को एक कमिटिले गर्नेछ र ३० दिनभित्र यस विषयमा निर्णय गरिनेछ ।

गत जुनमा अभियोजनकर्ताहरुले कोरोनाबाट मृत्यु हुने प्रत्येक मानिसका परिवारले राहत पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

१९,आश्विन.२०७८,मंगलवार १८:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्