एक सव–इन्जिनियरलाई २ लाख घुससहित पक्राउ

काठमाडौं । सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियरलाई २ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दीपककुमार केसीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम अन्तिम विल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सो रकम लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

१९,आश्विन.२०७८,मंगलवार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्