ऐश्वर्या रानी सिंहलाई काठमाडौं विश्वविद्यालयको ‘चान्सलर स्वर्ण पदक’ प्रदान

काठमाडौं । काठमाडौं विश्वविद्यालयले विद्यार्थी ऐश्वर्या रानी सिंहलाई ‘चान्सलर स्वर्ण पदक’ प्रदान गरेको छ ।

स्कुल अफ आर्टस अन्तर्गतको डिपार्टमेन्ट अफ डेभलप्मेन्ट स्टडिजको मास्टर इन डेभलप्मेन्ट स्टडिजकी उत्कृष्ट विद्यार्थी सिंहलाई पदक प्रदान गरेको विश्वविद्यालयले जानकारी दिएको छ ।

सिंहले मास्टर इन डेभलप्मेन्ट स्टडिजका सबै विषयमा ४ जीपीए ल्याएर उत्कृष्ट भएको विश्वविद्यालयका रजिष्ट्रार डा. सुवोध शर्माले बताए । हरेक वर्ष दीक्षान्त समारोहमा प्रदान गरिने पदक गत वर्ष कोभिडका कारण सबै संकायको फरकफरक समयमा नतिजा प्रकाशन भएकोले मंगलबार पदक प्रदान गरिएको हो ।

सिंहलाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा एक कार्यक्रमका बीच पदक प्रदान गरेका हुन् ।

१९,आश्विन.२०७८,मंगलवार १८:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्