दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष को बजेट आज सदनबाट पारित गर्ने गरे निर्णय

4.68K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सदनबाट पारित गर्ने निर्णय गरेको छ । बुधबार बिहानै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए । प्रदेशसभा बैठक आज १ बजे बस्दैछ ।

मन्त्रिपरिषद् बैठकले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा अध्यादेशबाट ल्याइएको नीति, कार्यक्रम र बजेट सदनबाटै पास गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

अघिल्लो सरकारले पास गरेको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लाने र प्रदेश सरकारको अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकारसम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने पनि निर्णय भएको बिकले बताए ।

IME
khanepani