काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण

4.62K
shares
khanepani bord

काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ ।

कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो ।

संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।
‘मास्क लगाउन आग्रह गर्ने, मास्क नभएकालाई मास्क वितरण गर्ने, पुरानो मास्क लगाएकालाई त्यो फालेर नयाँ मास्क दिने, साबुन पानीले बेलाबेलामा हात धुन आग्रह गर्ने लगायतका काम गर्दै आएका छौं’ उनले भने ।

यस्तो कार्यक्रम आजै कलंकी र नयाँबसपार्क क्षेत्रमा पनि गर्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले कोरोनाबाट जोगिने उपायबारे लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

IME
khanepani