काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित, अर्को बैठक आजै चार बजे बस्ने

4.63K
shares
khanepani bord

रूपन्देही । बजेट पारित गर्नका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक विपक्षी एमालेका अवरोधका कारण स्थगित भएको छ । अर्को बैठक आजै अपराह्न चार बजेका लागि बोलाइएको छ ।

गत साउन २८ गते गठन भएको कुलप्रसाद केशी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट फिर्ता पठाएर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्न लागिएको हो।

दिउँसो आज ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्ने छन्। मन्त्री खड्काले यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा संशोधन गरी नयाँ बजेट ल्याउन लागिएको बताए।

तत्कालीन आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षमा रहेका दलहरुले राखेका असहमतिका विषयहरुलाई आज ल्याउन लागिएको बजेटमा समावेश गरिएको उनले बताए।

चौधरीले अध्यादेशमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। त्यस्तै अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश एमालेको नाराबाजीबीच बहुमतले पास गरेको छ ।

यता सरकारले नयां बजेट पेस गर्ने तयारी गरिरहँदा प्रतिपक्षी एमालेले भने सदन अवरुद्ध गर्ने जनाएको छ।

IME
khanepani