दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्यु

4.95K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।

IME
khanepani