अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगीको गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगीको गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-१० मध्‍य बानेश्‍वर बस्‍दै आएका ४१ वर्षीय मणि निरौला रहेका छन् । उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

निरौलाले टोखा नगरपालिका-१ का २४ वर्षीय सुजन खत्रीलाई अध्‍ययनको लागि डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै १२ लाख रुपैया ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सिंहदरवार काठमाडौंमा पठाइएको छ ।

यो पनि पढ्नुहोस  राजनीतिमा प्रवेश गर्ने सञ्जय दत्तको तयारी
२०,आश्विन.२०७८,बुधबार १८:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: