प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन

Ashish Gautam
ashish@nepalijanta.com

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत पारेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् ।

यो पनि पढ्नुहोस  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने
२०,आश्विन.२०७८,बुधबार १८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: