रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते

नेपाली जनता

रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।

रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन ।

बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो ।

६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा बाघले चिथोरेको छ ।

घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यो पनि पढ्नुहोस  काठमाडौँ महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको खोप अस्स्ट्राजेनेका को पहिलो डोज लगाउन सुरु
२१,आश्विन.२०७८,बिहीबार १०:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: