प्रधानमन्त्री शेरबहादुरद्वारा दसैंको शुभकामना : स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरेर दसैँ मनाउन आग्रह गरेका छन् ।

बिहीवार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आजदेखि सुरु भएको विजयादशमीको शुभकामना दिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्यको कामना समेत गर्दै देउवाले कोरोना मापदण्डलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका हुन् । बिहीवारदेखि सुरु भएको घटस्थापनाको पहिलो दिन घरघरमा जमरा राखेर मनाइँदैछ ।

२१,आश्विन.२०७८,बिहीबार १०:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्