काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

महत नेतृत्वको कांग्रेस टोलीले आज बीजेपी अध्यक्षसँग भेटवार्ता गर्ने

5.32K
shares
khanepani bord

काठमाडौं । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा आज भारत भ्रमणमा जान लागेको तीन सदस्यीय टोलीले आजै सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट गर्ने भएको छ ।

भ्रमण दलका एक सदस्य कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले आज नै भाजपा अध्यक्ष नड्डासँग भेट तय भएको जानकारी दिए । बीजेपीकै निम्तोमा महत, राणा र अजय चौरासियाको टोली दिल्लीतर्फ प्रस्थान गर्न लागेको हो ।

कांग्रेस नेता सम्मिलित भ्रमण टोलीलाई दिल्ली विमानस्थलमा बीजेपी विदेश विभागका केन्द्रीय सदस्य अश्विर जोहरले स्वागत गर्ने भएका छन् ।

भ्रमणमा बीजेपी विदेश विभागका नेता एवं महासचिव अरुण सिंह, लोकसभा सदस्य एवं महासचिव राजु विष्ट, राज्यसभा सदस्य एवं प्रवक्ता सुधांशु त्रिवेदी, श्यामाप्रसाद मुखर्जी फाउन्डेसनका निर्देशक डा. अर्निबन गांगुलीसँग समेत भेट हुने भएको छ ।

भ्रमणका क्रममा लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटवार्ता हुने भएको छ । बाराणसी बसाइको क्रममा टोलीले बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत नेपाली अध्ययन समूहसँग पनि अन्तक्रिया गर्ने भएको छ ।

गत महीना नेपाल भ्रमणमा आएका बीजेपी विदेश विभाग प्रमुख विजय चौंथाइवालेले भारत भ्रमणको निम्तो दिएको थियो । पार्टीगत हिसाबले सरकारी तहमा समेत कुराकानी हुने जनाइएको छ ।

IME
khanepani