नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिए

काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं ७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले घरको चार तलामाथिबाट उनले हाम फालेको बताए । ‘नजिकै रहेको सीसी क्यामरामा उनी माथि गएको र झरेको दुवै कैद भएको छ’ सिंहले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन । प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।

नेपाल वायु सेवा निगम पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् ।

२१,आश्विन.२०७८,बिहीबार ११:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्