नेपाली कांग्रेस मुगुको सभापतिमा देउवा पक्षका ऐनबहादुर शाही निर्वाचित

काठमाडौ । नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी खड्गबहादुर शाहीलाई ५६ मतले पराजित गरे ।

नवनिर्वाचित सभापति शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे ।

संस्थापन पक्षले १ उपसभापति, २ सचिव र १ सहसचिव जितेको छ । संस्थापनइतर पक्षले एक उपसभापति र १ सहसचिव जितेको जनाइएको छ ।

२१,आश्विन.२०७८,बिहीबार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्