काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भैरहवालाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

5.17K
shares
khanepani bord

काठमाडौं। पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने बाहिरिएको छ।

पोखराले अब उपाधिका लागि शनिबार उपाधिका लागि चितवन टाईगर्ससंग खेल्नेछ । पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ ।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गर्‍यो। पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए ।

३५ रनमा ३ विकेट गुमाएको पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गर्दै जित दिलाए । साहानले ४४ बल खेल्दै ७ चौका मद्दतमा अविजित ५३ रन बनाए । विपिनले ३४ बलमा ३ चौका र १ छक्का मद्दतमा अविजित ४० रन बनाए ।

चौथो ओभरमै ओपनर रिचर्ड लेची १४ रन बनाएर रनआउट भएका थिए । आठौ ओभरमा भैरहवाका भुवन कार्कीले रित गौतम र लोकश बमलाई आउट गर्दै भैरहवालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर साहान र विपिनले सम्हालिएर ब्याटिङ गरेपछि पोखराले खेल जित्यो।

भैरहवाका भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर २ विकेट लिए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे ।

५१-५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।यस सिजन पहिलो पटक ओपनिङ गरेका रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २-२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

IME
khanepani