नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।

तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

उनको स्वास्थ्य अवस्थामा भने सामान्य नरहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । क्रियाशील सदस्यता छानविन समिति सदस्य रहिसकेका पौडेलले केहि दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी छ ।

२१,आश्विन.२०७८,बिहीबार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्