
गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले आफ्नै लगानीमा सदरमुकाम तम्घासको सडक मर्मत गरिदिएका छन् ।
निर्माण व्यवसायी चुरा बहादुर खत्रीले व्यक्तिगत लगानीमा तम्घासको पुतली बजारको सडक मर्मत गरिदिएका हुन् ।
सडकमा खाल्डाखुल्डी परेर दुर्घटनाको जोखिम बढेकाले आफूले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्