काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

निजामती विधेयक फिर्ताको प्रस्ताव बहुमतले स्वीकृत

4.04K
shares
khanepani bord

काठमाडौं । निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो । जसलाई सभाले बहुमतले स्वीकृत गरेको हो ।

विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्‍यो र विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गर्‍यो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरे । उनले असोज १९ गते विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

khanepani