पानीमा डुबेर दाङमा एक युवकको मृत्यु

तुलसीपुर । पानीमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो ।

बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

२२,आश्विन.२०७८,शुक्रबार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्